डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी
काठमाडाैं | असार ३१, २०७९
कालिकोट: नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गर्नुभएको छ । जङ्गलमा पाइने निगालाबाट उहाँले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आउनुभएको छ ।
उहाँले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि जाने गरेको बताउनुभयो । “ जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाइ गरेको छु । नाङ्लो मात्र रु पाँचसयदेखि छ सयसम्म बिक्री गर्ने गरेको छु ।” उहाँले भन्नुभयो, “गाउँघरमा यसको माग पनि निकै छ ।”
भारी बोक्न मिल्ने डोका रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म घाँस दाउरा गर्ने डोका रु आठ सयदेखि नौ सय मूल्यमा बिक्री हुने गरेको उहाँको भनाइ रहेको छ । “पहिलो आफन्तलाई डोका र नाङ्लो नासोको रुपमा दिने गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारका रुपमा विकास गरेको छु ।”
स्थानीय वस्तुभाउ बिक्री वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफूलाई बिक्री वितरणमा सजिलो हुने उहाँको भनाइ छ । “स्थानीयस्तरमा उत्पादन भएको वस्तुभाउ बिक्री गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन ।” उहाँले भन्नुभयो, “पिठ्युमा बोकेर गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको छु ।”
स्थानीयस्तरमा उत्पादन हुने वस्तु डोका, नाङ्लो तथा अन्य वस्तुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्री गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको माग छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

